एमाले सचिवालय बैठक बस्दै, एजेण्डा तय


     एभरेस्ट आवाज    
     जेठ ३० गते २०७९ मा प्रकाशित




नेपाल कम्युनिस्ट पार्टी (एमाले) को आज (सोमबार) सचिवालय बैठक बस्दैछ।

केन्द्रीय कार्यालयमा बस्ने बैठकका लागि एजेन्डा समेत तय गरेको छ ।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा आइतबार बसेको बैठकले स्थानीय तह निर्वाचनको समीक्षा लगायतका एजेन्डा तय गरेको हो।

केन्द्रीय कार्यालय बैठकले स्थानीय तह निर्वाचनको समीक्षा, एमालेबाट निर्वाचित जनप्रतिनिधिलाई असार २ र ३ गते गरिने प्रशिक्षण, विभागको पूर्णता तथा समसामयिक विषयमा छलफल गर्नेगरी एजेन्डा तय गरेको हो।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।