अल्लुरी सीताराम राजु जिल्लामा सोमबार यात्रु बोकेको एक निजी बस पल्टिँदा तीन बालबालिकासहित पाँच जनाको मृत्यु भएको छ ।
यो दुर्घटना सोमबार बिहान चिन्तूरको एडुगुराल्लापल्लीमा भएको हो । सूचना पाएपछि प्रहरी घटनास्थल पुगेको थियो ।प्रहरीका अनुसार घटनाका बेला बसमा ४० यात्रु सवार थिए ।घटनामा पाँच जनाको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन् । घाइतेहरुलाई भद्रचलम एरिया अस्पतालमा लगिएको छ ।
मृत्यु हुनेमा २४ वर्षीय धनेश्वर दलपती, ५ वर्षीय जितु हरिजन र २ वर्षीय सुनेना हरिजनको परिचय खुलेको बताइएको छ । घाइतेहरुको पहिचान ओडिशा निवासी भएका बताइएको छ ।प्रहरीले मुद्दा दर्ता गरी अनुसन्धान सुरु गरेको छ । बस दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको र थप विवरणहरू आउन बाँकी रहेको बताइएको छ ।रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । यमपञ्चक अर्थात् तिहारको पाँचौँ तथा अन्तिम दिन बुधबार दिदीबहिनीले दाजुभाइलाई…







