फाइल तस्विर
पोखरा । गण्डकी प्रदेश सरकारले प्रदेशका सबै अस्पतालबाट रगत तथा रगतजन्य पदार्थ निःशुल्क उपलब्ध गराउने कार्यक्रमलाई निरन्तरता दिने भएको छ ।
बुधबार गण्डकी प्रदेश सरकारका तर्फबाट बुधबार प्रदेश सभा बैठकमा अर्थमन्त्री रामजीप्रसाद बरालले गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०७९/८० का लागि करीब ३६ अर्बको बजेट घोषणा गर्दै सो कार्यक्रमका लागि ५ करोड विनियोजन गरेको बताए ।
यस्तै शिशु, बालबालिका, किशोरी, अपाङ्गता भएका व्यक्ति र गर्भवतीको पोषण स्थितिमा सुधार ल्याउन बहुक्षेत्रीय पोषण सुधार कार्यक्रमलाई निरन्तरता दिन १३ करोड विनियोजन गरिएको छ । त्यस्तै, मानव सेवा आश्रम÷वृद्धाश्रममा आश्रित दीर्घरोगी विरामीले नियमित सेवन गर्नुपर्ने औषधी निःशुल्क रुपमा उपलब्ध गराउन बजेटको व्यवस्था गरिएको छ ।
सरकारले संक्रामक तथा सरुवा रोग अस्पताललाई सबै प्रकारका सरुवा रोगको उपचार गर्ने उत्कृष्ट प्रादेशिक अस्पतालको रुपमा विकास गर्ने जनाएको छ । संघ सरकारसँगको सहकार्यमा गरिने सो कार्यका लागि प्रदेश सरकारले ९ करोड बजेट छुट्याएको छ ।
त्यस्तै गण्डकी प्रदेशमा ५० वेडको मुटुरोग अस्पतालको सम्भाव्यता अध्ययन र मिगौलाको ट्रान्सप्लान्टका लागि उपकरण खरिद गर्न बजेट विनियोजन गरिएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । नेपाली सांगीतिक समूह कन्दराको ‘रिदम अफ चेन्ज’ उत्तर अमेरिका यात्राका…







