कम्प्युटरको खराबीका कारण स्विट्जरल्यान्डमा घन्टौँ उडान प्रभावित


     एभरेस्ट आवाज    
     असार २ गते २०७९ मा प्रकाशित




एयर ट्राफिक कन्ट्रोल सर्भिस स्काइगाइडको एउटा कम्प्युटरले काम नगर्दा स्विट्जरल्यान्ड आउने र जाने संपूर्ण उडान घन्टौँ रोकिनु परेको छ।

जेनेभा र जुरिचले प्रारम्भिक उडानहरू रद्द गरेका थिए। तर, जेनेभा विमानस्थलले एयर ट्राफिक विस्तारै पुनः संचालन हुन थालेको घोषणा गरेको छ।

बुधबार बिहान सबेरै देखा परेको प्राविधिक त्रुटिले गर्दा ‘सुरक्षाका कारण’ स्विस हवाई क्षेत्रमा उडान बन्द गर्नु परेको स्काइगाइडले जनाएको छ। केही उडान उत्तरी इटालीको मिलानतर्फ डाइभर्ट गरिएको थियो। स्काइगाइडका प्रवक्ता भ्लाडि बार्रोसाले ट्यागएसान्जिगर न्युज वेवसाइटलाई भनेका छन्, ‘कम्प्युटरको हार्डवेयरमा त्रुटि भएको जस्तो समस्या देखिएको थियो। तर, हाम्रो स्टिम ह्याक भएको हुनुपर्ने कुरामा भने हामीलाई विश्वास छैन।’

पछि कम्पनीले स्काइगाइडको प्राविधिक गडबडी समाधान भएको र स्थानीय समयअनुसार बिहानको साढे ८ बजेदेखि हवाई क्षेत्र खुला गरिएको घोषणा गरेको थियो।

बसेल मलहाउस विमानस्थलमा भने सामान्य रूपमा उडानहरू चालु रहेको थियो। बसेल स्विट्जरल्यान्डमै रहेपनि विमान स्थल फ्रेन्च भूभागमा रहेको छ भने सो क्षेत्र फ्रेन्च एयर ट्राफिक कन्ट्रोल अन्तर्गत रहेको छ।

बीबीसी


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।