आयोगको वार्षिकोत्सवमा सम्मान तथा वृक्षरोपण


     एभरेस्ट आवाज    
     असार २ गते २०७९ मा प्रकाशित




बागलुङ । लोकसेवा आयोगको बागलुङ कार्यालयले ७२औँ वार्षिकोत्सका अवसरमा वृक्षरोपण र सम्मान कार्यक्रम आयोजना गरिएको छ ।

बुधवार कार्यालय परिसरमा कपुर, पारिजात, हर्रो, कल्कीलगायत बिरुवा रोपिनाका साथै दश वर्षदेखि त्यहाँ सेवारत कार्यालय सहयोगी देवीप्रसाद शर्मालाई सम्मान गरिएको शाखा अधिकृत भुवनहरि अधिकारीले जानकारी दिए।

शर्मा विगत २८ वर्षदेखि सरकारी सेवामा छन्। लामो समयदेखि निष्ठा र इमान्दारीपूर्वक कार्यालयको सेवामा खटिएकाले उनलाई सम्मान गरिएको कार्यालयले जनाएको छ ।

कार्यालय परिसरको सौन्दर्य बढाउनाका साथै पर्यावरण स्वच्छ राख्न वार्षिकोत्सवका अवसरमा वृक्षरोपण गर्ने सोच पलाएको आयोगका परीक्षा शाखा प्रमुख गोपाल बरालले बताए। आयोग विसं २००८ असार १ गते गठन गरिएको थियो । रासस
–––


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।