५१ किलो हेरोइनसहित ७ अफ्रिकी महिला पक्राउ


     एभरेस्ट आवाज    
     असार ३ गते २०७९ मा प्रकाशित




नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोले ठूलो परिणामको लागुऔषधसहित ७ जना विदेशी महिलालाई पक्राउ गरेको छ।

१ अर्ब २ करोड रुपैयाँ बराबरको लागुऔषध हेरोइनसहित दक्षिण अफ्रिकी नागरिकहरु ७ जनालाई प्रहरीले पक्राउ गरी बिहीबार सार्वजनिक गरेको हो।

नेपालबाट भारत हुँदै तेस्रो देशसम्म लैजान त्रिभुवन विमानस्थलबाट ल्याइएको हो। प्रहरीले गत जेठ २६ गतेदेखि ३१ गतेसम्म एक साताको अवधिभित्र ५१ किलो हेरोइन बरामद गरेको जनाइएको छ।

पत्रकार सम्मेलन गरी प्रहरीले बिहीबार लागुऔषधको पूर्ण विवरणबारे जानकारी दिएको हो।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।