एसीसी महिला टी–२० च्याम्पियनसीपको पहिलो खेलमा नेपालले आज भुटानसँग खेल्दै प्रतियोगिताको शुरूआत गर्नेछ।
यूएसडी यूकेएम ओभलमा हुने खेल नेपाली समय अनुसार बिहान ८ः४५ बजे शुरू हुनेछ।
च्याम्पियनसीपमा १० टोलीको सहभागिता छ। सहभागी टोलीलाई २ समूहमा विभाजन गरिएको छ। च्याम्पियनसीपमा नेपाल समूह ’बी’ मा रहेको छ। नेपालको समूहमा हङकङ, कुवेत, भुटान र बहराइन छन्।
यस्तै समूह ’ए’ मा मलेसिया, युएई, ओमान, कतार र सिंगापुर छन्। समूह चरणको खेलपछि शीर्ष २ टोलीले सेमिफाइनलमा स्थान बनाउने छन्।
च्याम्पियनसीपको फाइनल पुग्ने २ टोलीले महिला टी–ट्वान्टी एसिया कप क्रिकेटमा छनोट हुनेछन्। च्याम्पियनसीप अन्तर्गत नेपालले दोस्रो खेलमा कुवेतसँग शनिवार खेल्नेछ। यस्तै, नेपालले सोमबार बहराइन र अन्तिम खेलमा मंगलबार हङकङसँग खेल्नेछ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । यमपञ्चक अर्थात् तिहारको पाँचौँ तथा अन्तिम दिन बुधबार दिदीबहिनीले दाजुभाइलाई…







