नेपाली राष्ट्रिय पुरुष क्रिकेट टिमले क्यानडासँग २ खेलको टी–२० र २ खेलको एक दिवसीय श्रृंखला खेल्ने भएको छ।
क्यानडाको भ्रमणका क्रममा नेपालले घरेलु टोलीसँग २ खेलको टी–२० र २ खेलको एक दिवसीय श्रृंखला खेल्ने नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ।
आउँदो १४ गते पहिलो टी–२० र १५ गते दोस्रो टी–२० हुनेछ। पहिलो एक दिवसीय भने २० गते र दोस्रो एक दिवसीय असार २१ गते हुने क्यानले जनाएको छ।
आइसीसी पुरुष क्रिकेट विश्व कप लिग–२ अन्तर्गतको स्कटल्यान्डमा हुने त्रिदेशीय श्रृंखला अघि नेपालले क्यानडाको भ्रमण गर्न लागेको हो। लिग–२ कै श्रृंखलाका लागि नेपाली टोली अहिले अमेरिकाको भ्रमणमा छ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । यमपञ्चक अर्थात् तिहारको पाँचौँ तथा अन्तिम दिन बुधबार दिदीबहिनीले दाजुभाइलाई…







