लगातारको वर्षाले सडक भासियो


     एभरेस्ट आवाज    
     असार ३ गते २०७९ मा प्रकाशित




लमजुङ । लमजुङ–मनाङ जोड्ने एक मात्र बेँसीसहर–चामे सडक भासिएको छ । केही दिनदेखि निरन्तर वर्षासँगै पानीको बहाव बढेर मस्र्याङ्दी नदीले आज बिहान १० बजेतिर सडकमा असर पु¥याउँदा बेँसीसहर नगरपालिका–६ खरखरे भिरको सडक भासिएको हो ।

केही दिनदेखि परेको पानीले खरखरे भिरमा नै मूल पलाएको छ, त्यही पानीको भल र तलपट्टि मस्र्याङ्दी नदीले खोतलेका कारण सडक भासिएको डुम्रे बेँसीसहर चामे सडक योजना कार्यालयका सूचना अधिकारी पुरुषत्तोम अधिकारीलेबताए । त्यहाँ करिब सात÷आठ मिटर लम्बाइ सडक भासिएको उहाँको भनाइ थियो ।

यस स्थानमा चार दिनअघि पनि सडक अवरुद्ध भएको थियो । त्यहाँ बर्सेनि बर्खायाममा दैनिकजसो सडक अवरुद्ध हुने गर्दछ । सडक अवरुद्ध भएपछि कार्यालयको एक्साभेक्टरले खुलाउनका लागि प्रयास गरिरहेको र कति समय लाग्ने भन्ने यकिन नभएको उक्त कार्यालयका सूचना अधिकारी अधिकारीले बताए ।

विगतका वर्षहरुमा यहाँ ठूलो पहिरा गएकाले र बेलाबेलामा ठूलाठूला ढुङ्गाहरु झर्दा सडक अवरुद्ध हुने गरेको छ । बेँसीसहर–चामे सडक ६५ किलोमिटर लामो दूरी छ । यस सडकमा दैनिक दर्जनौँ सवारीसाधन आवतजावत गर्दछन् । उक्त स्थानमा अहिले पनि सडक अवरुद्ध हुँदा यात्रुहरु अलपत्र परिरहेका छन् ।रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।