‘तालबजार बचाउ आवश्यक’


     एभरेस्ट आवाज    
     असार ३ गते २०७९ मा प्रकाशित





मनाङ। नेपाली कांग्रेसका नेता टेकबहादुर गुरुङले हिमाली जिल्ला मनाङको इन्टर्नपोइन्ट तालबजारको संरक्षण गर्न आवश्यक रहेको बताएका छन्। जिल्ला समन्वय समितिका निर्वाचित प्रमुख, उपप्रमुखलगायत सदस्यलाई बधाई दिँदै पूर्व राज्यमन्त्री गुरुङले गतवर्ष मस्र्याङ्दी नदीमा आएको बाढीपहिराले नासों गाउँपालिकामा बढी क्षति पुगेको बताए ।

मनाङको मेरुदण्डका रुपमा रहेको विपदबाट क्षतिग्रस्त बेँशीसहर–चामे सडकखण्ड निर्माणका लागि विगतमा बहुवर्षीय योजनाका रुपमा परेको बजेटबाहेक अन्य पर्न नसकेको उनले बताए ।मनाङको मेरुदण्डको सडक निर्माणका लागि ट्र्याक खोलिएको १० वर्ष भएको छ ।

कांग्रेसकै पहलमा बाढीपहिरोबाट क्षतिग्रस्त सडकको ट्र्याक निर्माणका लागि राष्ट्रिय योजनाका उपाध्यक्ष, प्रदेशको राष्ट्रिय योजनाका उपाध्यक्ष, सडक विभागको प्राविधिकको टोलीले अध्ययन तथा अनुसन्धान गरिएको र निर्माणलाई प्राथमिकतामा राखेर अगाडि बढिरहेको उहाँको जिकिर छ । मनाङको तिमाङमा रु २२ करोडको लागतमा सडक ढलानको काम भइरहेको छ ।रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।