पोखरा । मनसुन जन्य विपद्का घटनामा उद्दार कार्यलाई प्रभावकारी बनाउन तिनवटै सुरक्षा निकायको समन्वयमा नेपाल प्रहरी सशस्त्र प्रहरी गण मुख्यालय पोखरा र गण्डकी प्रदेश विपद् व्यवस्थापन गुल्म बाग्लुङमा एकसाथ खोचमा खसेको घाईतेको उद्दार तथा उद्दार पश्चात प्राथमिक उपचार सम्बन्धि संयुक्त अनुशीक्षण तालिम उद्घाटन सम्पन्न भएको छ ।
नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई संयुक्त रुपमा प्रदान गरीने उक्त तालीमको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका निमित्त कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरिक्षक कृष्णहरी शर्माले गरेका थिए ।
कार्यक्रम उद्घाटन पश्चात तालिममा सहभागी प्रशिक्षार्थीहरुलाई निर्देशन दिदै प्रहरी वरिष्ठ उपरिक्षक शर्माले विपद जुनसुकै समयमा पनि आईपर्न सक्ने भएकाले यसको सामना गरी उचित व्यवस्थापनको लागि आवश्यक श्रोत साधन सहित मानसिक र शारीरिक रुपमा तयार रहिरहनुपर्ने बताए ।
यसका साथै उनले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी नाममा फरक भएपनि विपद्को अवस्थामा सबैको उद्देश्य एउटै आफू सुरक्षित भएर घाईतेको उद्दार गर्नुपर्ने हुनुपर्नेमा जोड दिए ।
कार्यक्रममा तालीम संयोजक सशस्त्र प्रहरी गण पोखराका प्रहरी नायव उपरिक्षक दिपक के।सी ले तालिमको उद्देश्य र कार्यतालिका प्रस्तुत गरेका थिए । उक्त तालिममा सशस्त्र प्रहरी गण मुख्य कार्यालय पोखरा र विपद् व्यवस्थापन गुल्म बाग्लुङमा गरी नेपाली सेनाका १० जना, नेपाल प्रहरीका ४० जना र सशस्त्र प्रहरी बलका १० जना प्रशिक्षार्थीहरु गरी जम्मा ६० जनाको सहभागीता रहेको छ ।
३ दिन सम्म सञ्चालन हुने उक्त तालिमको अन्तिम दिन गण्डकी प्रदेश प्रहरी तालिम केन्द्रमा खोचबाट घाईतेको उद्दार तथा प्राथमिक उपचार सम्बन्धि नमुना अभ्यास समेत प्रदर्शन गरिने छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







