कास्कीका थप ४ जना कोरोना संक्रमित,सक्रिय संक्रमितको संख्या ७ पुग्यो


     एभरेस्ट आवाज    
     असार ३ गते २०७९ मा प्रकाशित




पोखरा । गण्डकी प्रदेशमा शुक्रबार थप ४ जनामा कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा जनामा गरिएको परीक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनाले जनाएको छ ।

निर्देशनालय शुक्रबार अध्यावधिक गरेको कोभिड – १९ सम्बन्धी विवरण अनुसार थपिएका ४ जना कास्कीका हुन् । यो सहित अव प्रदेशमा कोरोनाका सक्रिय संक्रमितको संख्या ७ जना पुगेको छ । उनीहरु सबै कास्कीका रहेको र होमआइसोलेसनमा भएको निर्देशनालयले जनाएको छ ।

यो सहित प्रदेशमा हालसम्म कोरोना संक्रमित हुनेको संख्या एक लाख २ हजार ३२ पुगेको छ । तिमध्य एक लाख ५५९ जना निको भइसकेका छन् ।

प्रदेशमा संक्रमणका कारण एक हजार ४६६ जनाको ज्यान गुमेको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।