धादिङमा डेंगु संक्रमित बिरामीको मृत्यु


     एभरेस्ट आवाज    
     असार ४ गते २०७९ मा प्रकाशित




प्रतिकात्मक तस्बीर

धादिङमा डेंगुको उपचाररत एक बिरामीको ज्यान गएको छ।

ज्वालामुखी गाउँपालिका वडा नं २ का ५६ वर्षीय रामचन्द्र श्रेष्ठको उपचारका क्रममा शुक्रबार धादिङ अस्पतालमा मृत्यु भएको हो।

बिरामी भएपछि उनी स्वास्थ्य परीक्षणका लागि बिहीबार धादिङ अस्पतालमा पुगेका थिए। ल्याब परीक्षणबाट उनमा डेंगु रोगको संक्रमण पुष्टि भएको थियो।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।