राइनास नगरपालिकाद्वारा स्थानीय पाठ्यक्रम तयार


     एभरेस्ट आवाज    
     असार ४ गते २०७९ मा प्रकाशित




सांकेतिक तस्बीर

लमजुङको राइनास नगरपालिकाले चालू शैक्षिक सत्रदेखि स्थानीय पाठ्यक्रम लागू गर्ने भएको छ।

स्थानीय विषयवस्तुलाई समेटेर नगरपालिकाका सबै विद्यालयमा कक्षा १ देखि ८ सम्म स्थानीय पाठ्यक्रम लागू गर्ने भएको हो।

राइनासमा कक्षा १ देखि ५ सम्मको स्थानीय पाठ्यक्रम निर्माण भइसकेको र उक्त पुस्तकमा कक्षागत आधारमा विभिन्न विषयलाई समावेस गरिएको छ। चालू वर्षमा कक्षा ६ देखि ८ सम्मको पाठ्यक्रम निर्माण गरी आगामी शैक्षिक सत्रबाट सुरु गरिनेछ।

विज्ञ र स्थानीय सरोकारवालाको समन्वयमा तयार भएको स्थानीय पाठ्यक्रमले राइनास नगरपालिकाका साथै समग्र लमजुङको ऐतिहासिक, भौगोलिक, सांस्कृतिक, सामाजिक तथा कृषि, पर्यटनलगायत चिनारीमा समेत सहयोग पुग्ने विश्वास लिइएको छ।

पालिकाभित्रको ऐतिहासिक तथा सांस्कृतिक र भौगोलिक पहिचान, वनजंगल, जडिबुटी, कृषि, जातिगत विविधता आदिलाई समेटिएको छ।

यही शैक्षिक सत्रबाट पालिकाभित्रका ५ वटा संस्थागत र ३६ वटा सामुदायिकसहित ४१ वटा विद्यालयमा अध्यापन सुरु गरिनेछ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।