पोखरा । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ कास्की समन्वय समितिको संयोजकमा कृष्ण प्रसाद ढुङ्गना चयन भएका छन् ।
शनिबार पोखरामा सम्पन्न अधिवेशनले ढुङ्गनाको अध्यक्षतामा १२ सदस्यीय समिति चयन गरेको हो । समितिको सचिवमा सुर्यबहादुर थापा, कोषाध्यक्षमा रामबहादुर तामाङ चयन भएका छन् ।
यस्तै सदस्यहरुमा मेघराज त्रिपाठी, पवित्रमणी अधिकारी, रामचन्द्र शर्मा, बुद्धि प्रसाद सुवेदी, राजु थापा र नारायण कोइराला चयन भएका छन् । समितिले २ सदस्य भने कार्यसमितिको बैठकले पूर्णता दिने नवनिर्वाचित अध्यक्ष ढुङ्गनाले जानकारी दिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







