प्रियंका रानी जोशीले उचालिन मिस नेपाल २०२२ को उपाधी


     एभरेस्ट आवाज    
     असार ४ गते २०७९ मा प्रकाशित



काठमाण्डौं । सन् २०२२ को मिस नेपालको उपाधि प्रियंका रानी जोशीले जितेकी छन् । जोशीले २४ सुन्दरीलाई पछि पार्दै मिस नेपाल २०२२ को उपाधी जितेकी हुन् ।

शनिबार ललितपुरको गोदावरीमा भएको ग्रान्ड फिनालेमा उनले उपाधि जितेकी हुन् । जोशीलाई पूर्व मिस नेपाल नम्रता श्रेष्ठले ताज लगाइदिएकी हुन् ।

त्यस्तै शरिसा श्रेष्ठ मिस नेपाल अर्थ तथा न्यान्सी खड्का मिस नेपाल इन्टरनेसनल चुनिएकी छन् ।

कोरोनाका कारण अघिल्ला दुई वर्ष स्थगित भएको मिस नेपाल यस वर्ष भौतिकरुपमै सम्पन्न भएको हो ।

प्रतियोगिताको फाइनलमा आकृति शाह, आस्रुती सुवेदी, आयुस्नोभा ढुङ्गाना, ऐश्वर्या शाही ठकुरी, अनुष्का पौडेल, अनुसूर्य डाँगी, अस्मिता ढुंगाना, अस्रा श्रेष्ठ, दिलाशा डोटेल, गंगा गुरुङ, ह्रतुल पौडेल, ममता ढकाल, मानसी चन्द, मेरिका बाँस्कोटा, न्यान्सी खड्का, प्रियंका रानी जोशी, रोज कँडेल, सरिसा श्रेष्ठ, स्मारिका शर्मा, साफिया श्रेष्ठ, श्रृया गजुरेल, श्रीयान्सु पिया, सुस्मिता बोगटी र यशस्वी श्रेष्ठ रहेका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे ः यस एभरेष्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।