जिसस नवलपुरमा एमालेको प्यानल विजयी


     एभरेस्ट आवाज    
     असार ५ गते २०७९ मा प्रकाशित




जिल्ला समन्वय समिति नवलपरासी (बर्दघाट सुस्तापूर्व नवलपुर)मा नेकपा (एमाले) विजयी भएको छ।

शनिबार सम्पन्न निर्वाचनमा प्रमुख, उपप्रमुख तथा सातै सदस्यमा एमालेका उम्मेदवार निर्वाचित भएका हुन्।

जिसस प्रमुखमा बाबुराम विश्वकर्मा र उपप्रमुखमा शकुन्तला लम्साल विजयी बनेका हुन्। सदस्यमा एमालेकै पिनकुमारी चितौरेमगर, रेनु गुरौ थारू, सरस्वती पाठक, सम्झना सार्की, कुलप्रसाद शर्मा भुसाल, लिला पौडेल र लोकनाथ अर्याल विजयी बनेका हुन्। जिल्ला समन्वय समतिमा एमालेको ११ र काँग्रेसको ५ मत थियो।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।