कैलाली । कैलालीमा छाडा पशु चौपायाका कारण किसान निकै आजित छन् । छाडा चौपायाले लगाएको अन्नबाली नष्ट गर्न थालेपछि किसान निकै आजित भए भएपछि समस्या समाधानका लागि स्थानीय पालिकाले धेरै प्रयत्न पनि गरे पनि तिनले सार्थकता पाउन सकेकेको थिएन । छाडा पशु चौपाया व्यवस्थापनका लागि स्थानीय निकायबाट थुप्रै विकल्पको खोजी गरिरहँदा टीकापुर नगरपालिकाले भने छाडा चौपाया व्यवस्थापन गरेको क्षेत्रमा बायो ग्यास प्लान्ट जडान गरेको छ ।
नगरपालिकाभित्रका छाडा चौपायालाई वडा नं २ स्थित खोटेना भिराखानी छाडा वनमा व्यवस्थापन गरिँदै आइएको छ । त्यस क्षेत्रमा नगरपालिकाले चौपायाको गोबरबाट बायो ग्यास उत्पादन गरी स्थानीय विपन्न परिवारलाई वितरण गर्न लागेको छ । प्लान्टको सम्पूर्ण काम सम्पन्न भएर स्थानीयवासीको घर–घरसम्म पाइपलाइन जडानको कामसमेत सम्पन्न भइसकेको छ ।
नगरपालिका र वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको संयुक्त लगानीमा नेपाल ऊर्जा विकास कम्पनीले रु एक करोड ६० लाखको लागतमा आर्थिक वर्ष २०७६÷७७ भदौदेखि प्लान्ट निर्माण सुरु गरेको थियो । पचपन्न घरधुरीलाई नगरपालिकाले खाना पकाउनका लागि उक्त बायो ग्यास स्थानीयवासीको घर–घरमा पु¥याएको छ ।
यसबाट नगरपालिकाभित्रका छाडा चौपायाको व्यवस्थापन हुने र स्थानीयवासीले ग्यास प्राप्त गर्नाका साथै खेतको लागि प्राङारिक मलसमेत उत्पादन हुने इञ्जिनीयर जोशीले बताए । नगरपालिकाले उक्त बायो ग्यास प्लान्टबाटै फोहरको व्यवस्थापन गर्ने तयारीसमेत गरेको छ । बजार क्षेत्रबाट सङ्कलन भएको सड्ने फोहरलाई ग्यास उत्पादनमा प्रयोग गर्ने र बाँकीलाई मल बनाएर किसानलाई सहुलियतमा वितरण गर्ने योजना रहेको नगर प्रमुख रामलाल डगौंरा थारुले बताए ।
दुई सय घनमिटर क्षमताको बायो ग्यास प्लान्टले उत्पादन सुरु गरेपछि आसपासका स्थानीयवासीले दाउराको लागि गर्दै आएको वन विनाशको क्रम रोकिने विश्वास नगरपालिकाको छ । बायो ग्यास उत्पादनका लागि छाडा चौपायाको व्यवस्थापनमा नगरपालिका जिम्मेवार हुने भएपछि किसान पनि खुशी भएका छन् । विगतका वर्षमा छाडा चौपाया व्यवस्थापनका लागि लाखौं खर्च गरिए पनि किसानले लगाएको अन्न बाली चौपायाबाट बचाउन सकिएको थिएनन् ।रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







