ट्याक्सीको ठक्करबाट एक महिला गम्भीर घाइते


     एभरेस्ट आवाज    
     असार ५ गते २०७९ मा प्रकाशित




पोखरा । पोखराको मालेपाटनमा ट्याक्सीले स्कुटरलाई ठक्कर दिँदा एक महिला गम्भीर घाइते भएकी छ । एक जना सामान्य घाइते भएका छन् ।

आइतबार दिउँसो साढे १ बजे मालेपाटनस्थित कालिका पेट्रोल पम्प अगाडी पर्वतबाट पोखराका लागि यात्रु लिएर आउँदै गरेको ध १ ज ८१४ नम्वरको ट्याक्सीले ग १० प १२८५ नम्वरको स्कुटरलाई ठक्कर दिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

घाइते दुबैजनालाई उपचारका लागि मणिपाल शिक्षण अस्पताल लगिएको छ । मालेपाटनस्थित बाराही मावि तर्फ बाटो क्रस गर्ने क्रममा रहेको स्कुटरलाई सोही दिशाबाट आउँदै गरेको ट्याक्सीले ठक्कर दिँदा स्कुटरमा सवार दुई जना घाइते भएको प्रत्यक्षदर्शीले एभेस्ट आवाजलाई जानकारी दिए ।

उनका अनुसार तिव्र गतिमा आइरहेको ट्याक्सीले बाटो क्रस गर्न लागेको स्कुटरलाई ठक्कर दिएर सन्तुलन गुमाउँदै दुई सय मिटर तल ससस्त्र प्रहरी बलको कार्यालय अगाडी गएर रोकिएको थियो । प्रहरीले चालक र ट्याक्सीलाई नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।