भारतको आसाम र मेघालयमा बाढी, ३२ जनाको मृत्यु


     एभरेस्ट आवाज    
     असार ६ गते २०७९ मा प्रकाशित




तस्बीरः गुगल

भारतको आसाम र मेघालयमा आएको व्यापक बाढीमा परेर कम्तीमा पनि ३२ जनाको ज्यान गएको छ।

आसाम र मेघालयमा शुक्रबारदेखि बाढी र पहिरोको प्रकोप बढेको बताइएको छ। भारतीय उत्तर–पश्चिमी यी २ राज्यमा वर्षा आइतबार पनि जारी रहेको बताइएको छ।

आसामको विपद् व्यवस्थापन विभागका अनुसार आसाममा शुक्रबारदेखि निरन्तर वर्षा जारी रहेको पाइएको छ। आसाममा मात्र बाढीमा परेर १३ जनाको ज्यान गएको बताइएको छ। यहाँका २८ जिल्लामा बाढी आएको र त्यसमा परेर कम्तीमा पनि १८ लाखभन्दा बढी मानिस प्रभावित भएका छन्।

उता मेघालयका पनि दर्जनौँ जिल्लामा बाढीको प्रकोप बढेको छ। ती जिल्लामा शनिबारसम्ममा १९ जनाको ज्यान गएको बताइएको छ। यी जिल्लाहरूमा शनिबार रातिसम्म पनि वर्षा जारी रहेको बताइएको छ। यहाँको मौसम विभागले बाढीको प्रकोप रहेकाले सतर्कता अपनाउन सूचना जारी गरेको छ।

रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।