आज जुन २१ तारिक अर्थात विश्व संगीत दिवस। जुन २१ तारिकलाई संगीत दिवसका रुपमा पनि मनाइँदै आएको छ।
संगीतका पारखीहरूले विभिन्न कार्यक्रम गरी यो दिवस मनाउँदैछन्। संगीत तथा कला क्षेत्रमा क्रियाशील साधक एवं गायक–गायिका, लेखक–रचनाकार, संगीतकार तथा संगीतप्रेमीहरूको सहभागितामा यो दिवस मनाउने गरिन्छ।
यस वर्षको विश्व संगीत दिवसको नारा ‘योग र संगीतको संगम’ रहेको छ।
संगीतलाई गायन, वादन र नृत्यको ३ संयोग मानिन्छ। पहिलो पटक सन् १९८२ जुन २१ मा फ्रान्समा यो दिवस मनाइएको थियो। त्यसयता, हरेक वर्षको जुन २१ तारिखमा प्राय सबै देशहरुमा विश्व संगीत दिवस मनाइँदै आएको छ। अमेरिकी संगीतकार जोल कोहेनले सन् १९७६ मा संगीत दिवसको अवधारणा ल्याएपनि फ्रान्सबाट सन् १९८२ मा यसको औपचारिक सुरुवात भएको मानिन्छ।
त्यसयता, हरेक वर्षको जुन २१ तारिखमा एक सयभन्दा धेरै देशमा विश्व संगीत दिवस मनाउन थालिएको हो। नेपालमा भने २०४५ सालदेखि दिवस मनाउन थालिएको हो ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । यमपञ्चक अर्थात् तिहारको पाँचौँ तथा अन्तिम दिन बुधबार दिदीबहिनीले दाजुभाइलाई…







