माछापुच्छ्रे गाउँपालिकामा जिसस कास्कीको निरीक्षण


     एभरेस्ट आवाज    
     असार ७ गते २०७९ मा प्रकाशित




जिल्ला समन्वय समिती कास्कीद्वारा जिल्लामा निर्माणाधीन बिकास आयोजनाहरुको अनुगमन तीब्र पारिएको छ।

यसैक्रममा कास्कीको माछापुच्छे«े गाउँपालिकाको निर्माणाधीन प्रशासकिय भवनको अनुगमन सोमबार सम्पन्न भएको छ।

सो क्रममा निर्माण चरण, प्रक्रिया, गुणस्तर, मापदण्ड र बाँकी कार्यबारे जानकारीसहित सूक्ष्म निरीक्षण तथा अनुगमन गरेको छ।
कूल ६ करोड ६२ लाखमा निर्माण सम्झौता सम्पन्न सो भवनको निर्माण कार्यको गुणस्तरीयतामा कुनै कसर बाँकी नराख्न र समयमै सम्पन्न गर्न निर्माण कम्पनी ‘नयाँ बाटो जीएस इन्जिनियरिङ जेभी’ लाई आग्रह गरेको छ।

जिल्ला समन्वय कास्कीका प्रमुख लिलाधर पौडेलको नेतृत्वमा, उपप्रमुख सरिता माल, जिसस सदस्यद्वय लक्ष्मी दमै, सुकमाया नेपाली, जिल्ला समन्वय अधिकारी नबराज बरालसहित, माछापुच्छे« गाउँपालिकाका अध्यक्ष मीनबहादुर गुरुङ, उपाध्यक्ष सीता अधिकारी इञ्जिनीयर तथा प्राबिधिक र कर्मचारी र सरोकारवालाहरुको सहभागीतामा अनुगमन गरिएको थियो।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।