एन्फाको अध्यक्षमा पंकज विक्रम नेम्वाङ निर्वाचित


     एभरेस्ट आवाज    
     असार ७ गते २०७९ मा प्रकाशित




अखिल नेपाल फुटबल संघ (एन्फा) को अध्यक्षमा पंकज विक्रम नेम्वाङ निर्वाचित भएका छन्।

बुढानिलकण्ठस्थित पार्क भिलेज रिसोर्टमा सोमवार भएको एन्फाको २१ औं केन्द्रीय कार्यसमितिको साधरणसभाबाट निवर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पालाई ६ मतले पराजित गर्दै नेम्वाङ आगामी ४ वर्षको कार्यकालका निर्वाचित भएका हुन्।

नेम्वाङले ४५ मत प्राप्त गर्दा उनका प्रतिद्वन्दी शेर्पाले ३९ मत पाए। कुल ८४ मत खस्दा स्वतन्त्र उमेदवार राजीव राज पौड्यालले एक मत पनि प्राप्त गरेनन्। राजीव आफैले आफैलाई मत दिएनन्।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।