म्याग्दीका ५ पत्रकार विकास पत्रकारिता पुरस्कारबाट सम्मानीत


     एभरेस्ट आवाज    
     असार ७ गते २०७९ मा प्रकाशित




म्याग्दीका ५ पत्रकारहरु ‘विकास पत्रकारिता पुरस्कार’बाट पुरस्कृत भएका छन्।

जिल्ला समन्वय समिति म्याग्दीद्वारा सोमबार आयोजित कार्यक्रममा ५ क्रियाशील पत्रकारलाई विकास पत्रकारिता पुरस्कारबाट पुरस्कृत गरिएको हो।

थाहाकर्मी ध्रुवसागर शर्मा, कान्तिपुर दैनिकका घनश्याम खड्का, नागरिक दैनिकका हरिकृष्ण गौतम, गोरखापत्र दैनिकका ठाकुरप्रसाद आचार्य र नयाँ पत्रिका दैनिकका कमल खत्रीले पुरस्कार प्राप्त गरेका हुन्।

गण्डकी प्रदेश सांसद नरदेवी पुन, जिल्ला समन्वय समितिका नवनिर्वाचित प्रमुख राजकुमार थापा, निवर्तमान प्रमुख देवेन्द्रबहादुर केसी, जिल्ला समन्वय अधिकारी जानुका सुवेदीले पत्रकारलाई प्रमाणपत्र, दोसल्ला र नगद १० हजारसहित सम्मान गरेका हुन्।

पुरस्कार छनोट समितिले आर्थिक वर्ष २०७३/०७४ को खड्का, २०७४/०७५ को शर्मा, २०७५/०७६ को गौतम, ०७६/०७७ आचार्य र ०७७/०७८ को खत्रीलाई प्रदान गर्ने निर्णय गरेको थियो।

कार्यक्रममा जिसस नवनिर्वाचित टोलीको पदभार ग्रहण र निर्वतमान टोलीलाई विदाई तथा सम्मान गरिएको थियो।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।