पोखरा । सस्शत्र प्रहरी बल एपिएफ क्लबलाई ४–१ गोलले हराउँदै अफ्रिकी क्लब एभिनियर शुभकामना गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
हेम्जा युनाइटेको आयोजनामा जारी छैटौं शुभकामना गोल्डकप फुटबल प्रतियोगिता अन्तरगतको अन्तिम क्वाटरफाइनल खेलमा एपिएफलाई हराउँदै सेमिफाइनलमा चर्च ब्वाइजसंगको भेट पक्का गरेको हो ।
प्रतियोगिता अन्तरगत भोलि पहिलो सेमिफाइनल खेलमा आयोजक हेम्जा युनाइटेड र खुमलटारबीच हुँदैछ भने विहिबार दोस्रो सेमिफाइनल खेल एभिनियर र चर्च ब्वाइज क्लबबीच हुने छ ।
किपरको गल्तीले हार व्यहो¥यौ : एपिएफ प्रशिक्षक
एपिएफका प्रशिक्षक सुदिप श्रेष्ठले गोलरक्षकको कम्जोरीका कारण हार व्यहोरेको प्रतिक्रिया दिए । उनले पहिलो गोल किपरको गल्तीका कारण हुदाँ खेलमा असर गरेको सुनाए । सेट टिममा ५ जना खेलाडी नहुनु अर्को हारको कारण रहेका उनको भनाइ छ ।
खेलाडीले सोचेँ भन्दा राम्रो खेले : एभिनियर प्रशिक्षक
उता एभिनियरका प्रशिक्षक आसिक थापाले खेलाडीले सोचेभन्दा पनि राम्रो खेल प्रदर्सनी गरेको प्रतिक्रिया दिए । उनले हिजोमात्रै अन्तत्र खेल खेलेर आएको हुँदा पनि खेलाडीले थकाइलाई बिट मार्दै नतिजा निकाल्नु सामान्य कुरा नरहेको सुनाए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







