भलिबल सङ्घ तनहुँको अध्यक्षमा सुनार


     एभरेस्ट आवाज    
     असार ८ गते २०७९ मा प्रकाशित



तनहुँ । भलिबल सङ्घ तनहुँको अध्यक्ष पदमा पदम सुनार चयन भएका छन् । सङ्घको तेस्रो अधिवेशनबाट उन पुनः सो पदमा चयन भएका हुन्।

सङ्घको उपाध्यक्षमा रमेशकुमार श्रेष्ठ, लक्ष्मण गुरुङ, महासचिवमा अशोक गिरी, कोषाध्यक्षमा विमल राना र सदस्यमा चक्र कुँवर, राजु राई, तुलबहादुर थापा, तिलबहादुर थापा, किसान थापा, लक्ष्मी कुमाल, मदन थापा, शम्सेर लम्साल चयन भएका छन् । प्रदेश प्रतिनिधिमा टुकबहादुर गुरुङ र गोपाल थापा चयन भएका हुन् ।

अधिवेशनमा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष अनिल पाण्डेले भलिबलले तनहुँलाई देशभर चिनाउन सफल भएको बताए । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे ः यस एभरेष्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।