माली आक्रमणको निन्दा


     एभरेस्ट आवाज    
     असार ८ गते २०७९ मा प्रकाशित




संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटर्रेसले मालीमा भएको हिंसात्मक हमलाको निन्दा गरेका छन । उनका प्रवक्ताले मङ्गलबार एक विज्ञप्ति प्रकाशन गरेर सो हत्याको निन्दा गरेका हुन । अधिकारीहरुका अनुसार मालीमा भएको हमलामा परी एक सयभन्दा बढी नागरिकको ज्यान गएको थियो ।

महासचिवका प्रवक्ता स्टेफान डुजारिकले सो विज्ञप्ति प्रकाशन गरेका छन । उनका अनुसार मालीको बान्दियागारामा भएको हमलामा परेर ती नागरिकको ज्यान गएको हो । क्षेत्रमा यसै हप्तामा करिब १०० जनाको हत्या भएको बताइएको छ ।

सो क्षेत्रका एक सय जनाको ज्यान गएको र उनीहरुका घरमा समेत क्षति पु¥याइएको थियो ।मालीमा अहिले शान्ति सेना रहेका छन् । तर ती क्षेत्रमा अतिवादी आतङ्ककारीहरुले हिंसात्मक हमला गर्ने गरेका छन् ।


पछिल्लो समयमा यहाँ उनीहरुले हिंसा झन् बढाएका छन् । यसबाट कैयौँ नागरिकको ज्यान गएको र ठूलो जनधनको क्षति पुगेको छ ।रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे ः यस एभरेष्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।