केभ टु केभ, लेक टु लेक, कोटदेखि कोटसम्म पुग्ने सडकको सम्भाव्यता अध्ययन गरिने


     एभरेस्ट आवाज    
     असार ८ गते २०७९ मा प्रकाशित




पोखरा । पोखरा महानगरपालिकाले पोखराका प्रमुख पर्यटकीय गन्तव्यहरुको कनेक्टिङ सडक निर्माणलाई प्राथमिकता दिएको छ ।

पर्यटन प्रवद्र्धन गर्ने उद्देश्य अनुरुप महानगरपालिकाले पर्यटनका थप गन्तव्यहरु थप्नका लागि ‘केभ टु केभ’, ‘लेक टु लेक’, ‘कोटदेखि कोटसम्म’ नयाँ सर्किट सडकको सम्भाव्यता अध्ययन गर्ने बुधबार सार्वजनिक नीति तथा कार्यक्रममा उल्लेख छ ।

महानगरपालिकाले पोखरालाई धार्मिक पर्यटनको क्षेत्रमा समेत विश्वमा परिचित गराउन लुम्बिनी पोखरा बुद्ध सर्किट निर्माण गर्न आवश्यक पहल गर्ने जनाएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।