पोखरालाई स्पोर्टस टुरिजमका रुपमा विकास गरिने, क्रिकेट मैदान र गल्फ कोर्ष निर्माणमा जोड


     एभरेस्ट आवाज    
     असार ८ गते २०७९ मा प्रकाशित



पोखरा । पोखरा महानगरपालिकाले पोखरालाई स्पोर्टस टुरिजमका रुपमा विकास गर्ने जनाएको छ । महानगरपालिकाको बुधबार सार्वजनिक नीति तथा कार्यक्रममा पोखरालाई स्पोर्टस टुरिजमका रुपमा विकास गर्ने उल्लेख छ । पोखरा प्राकृतिक र वातावरणीय दुबै हिसावले सन्तुलनमा रहेको शहर हुनाले यसलाई स्पोर्टस टुरिजमका रुपमा विकास गर्न सोहि अनुसारको नीति, कार्यक्रम र बजेट निर्माण गरी योजना कार्यान्वयनमा लाग्ने जनाइएको छ ।

क्रिकेट र गल्फ जस्ता ठूला खेलहरुको माध्यमवाट समग्र पोखराको विकासको सहयोग पुर्याउन सकिने भन्दै व्यवस्थित क्रिकेट खेलमैदान र गल्फ कोर्ष निर्माणको संभाव्यता अध्ययन गर्ने महानगरको नीति तथा कार्यक्रममा उल्लेख छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे ः यस एभरेष्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।