कास्कीकी एक महिला संक्रमित हुँदा ३ जना संक्रमणमुक्त


     एभरेस्ट आवाज    
     असार ८ गते २०७९ मा प्रकाशित



पोखरा । गण्डकी प्रदेशमा बुधबार ३ जना कोरोना संक्रमित निको भएका छन् । सोही अवधीमा कास्कीका एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले अध्यावधिक गरेको कोभिड – १९ सम्बन्धि पछिल्लो विवरण अनुसार प्रदेशका विभिन्न प्रयोगशालामा गरिएको १७ जनामा गरिएको परीक्षणमा कास्कीका एक महिलामा संक्रमण पुष्टि भएको हो ।

यो सहित अब प्रदेशमा ६ जना संक्रमित होमआइसोलेसनमा छन् । ती मध्य कास्कीका ५ र स्याङ्जाका एक जना हुन् ।

हालसम्म प्रदेशभर एक लाख २ हजार ३४ जना संक्रमित भएका छन् । तिमध्य एक लाख ५६२ जना निको भएका छन् । प्रदेशमा हालसम्म कोरोना संक्रमणका कारण एक हजार ४६६ जनाले ज्यान गुमाएका छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे ः यस एभरेष्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।