एसीसी महिला टी–२० च्याम्पियनसीप: नेपालको सेमिफाइनल प्रतिद्वन्दी युएई


     एभरेस्ट आवाज    
     असार ९ गते २०७९ मा प्रकाशित



एसीसी महिला टी–२० च्याम्पियनसीपको सेमिफाइनलमा नेपालले बलियो टोली युएईको सामना गर्ने भएको छ।

युएईले समूह ‘ए’ को विजेता बन्दै सेमिफाइनलमा नेपालसँगको भेट पक्का गरेको हो।

मलेसियाको किनरारा ओभलमा बुधबार अन्तिम लिग खेलमा कतारलाई हराउँदै युएई समूह विजेता बन्दै अन्तिम ४ मा पुगेको हो। युएईले ४ खेलमा ७ अंक जोड्यो। मलेसिया ६ अंक जोडेर समूह उपविजेता बन्यो।

नेपाल समूह ‘बी’ को उपविजेता बनेर सेमिफाइनल पुगेको हो। नेपालले ४ खेलमा ६ अंक जोडेको थियो। नेपालले भुटान, कुवेत र बहराइनलाई हराउँदा हङकङसँग पराजित बनेको थियो।

यस समूहबाट हङकङ ८ अंक जोडेर समूह विजेता बन्यो। अब, नेपालले सेमिफाइनलमा युएईसँग शुक्रबार खेल्नेछ।

यस्तै, अर्को सेमिफाइनलमा हङकङ र मलेसियाबीच प्रतिस्पर्धा हुनेछ। च्याम्पियनसीपको फाइनल शनिबार हुनेछ। फाइनल पुग्ने २ टोलीले महिला टी–२० एसिया कप क्रिकेटमा छनोट हुनेछ।


सर्बाधिकार सुरक्षित गरिएको बारे ः यस एभरेष्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।