
अफगानिस्तानमा आएको शक्तिशाली भूकम्पमा परेर मर्नेको संख्या १ हजार पुगेको छ।
अन्य सयौँ घाइते भएको तालिबान सरकारले जनाएको छ । भूकम्पका कारण पूर्वी प्रान्तमा पहिरो आइरहेको छ। भूकम्पले माटोका घरहरू ध्वस्त भएका छन्। उद्धारकर्ताहरूले घाइतेहरूलाई आपतकालीन उपचार गरिरहेका तस्बीरहरू बाहिरिएका छन्।
मृतकको संख्या अझै बढ्ने बताइएको छ। ६ दशमलव १ रिक्टर स्केलको यस भूकम्पको धक्का पाकिस्तान र भारतमा समेत महसुस गरिएको थियो।
२ दशकपछि अफगानिस्तानमा आएको यो सबैभन्दा भयावह भूकम्प हो। दक्षिणपूर्वी खोस्ट सहरदेखि करिब ४४ किलोमिटर टाढा यसको केन्द्रविन्दु रहेको थियो।
सर्बाधिकार सुरक्षित गरिएको बारे ः यस एभरेष्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।