जाजरकोट । प्रहरीले जाजरकोटका सबै पालिकामा लागुऔषधविरुद्ध सचेतना कार्यक्रम सुरु गरेको छ । जिल्लाका विद्यालय तथा गाउँमा सचेतना कार्यक्रम सुरु गरिएको प्रहरी नायव उपरिक्षक सन्तोष निरौलाले बताए । छुवाछुतविरुद्ध अभियानसमेत सञ्चालन गरेको प्रहरीले सँगै लागुऔषधविरुद्ध पनि कार्यक्रम सुरु गरेको हो ।कुशे गाउँपालिका–७ समाकोटस्थित नेपाल राष्ट्रिय माध्यामिक विद्यालयमा लागुऔषध ओसारपसारविरुद्ध सचेतनामुलक कार्यक्रम सुरु गरिएको प्रहरीले बताएको छ ।
जाजरकोटमा सात पालिका रहेका छन् । लागुऔषधको बिक्रीवितरण लगायका विषयले समस्याकै रुप लिएपछि प्रहरीले अभियान सञ्चालन गरेको हो । विद्यालय उमेरका बालबालिकालाई सचेतना जगाउन सके मात्र धेरै समस्या समाधान हुने प्रहरीको भनाइ छ । स्थानीय तहका जनप्रतिनिधिसँग मिलेर प्रहरीले आफ्नो अभियानलाई तीव्रता दिएको छ ।
जुवातास जस्ता समाजमा विकृति फैलाउने कुरालाईसमेत निगरानी गरेको प्रहरीले पछिल्लो समय भने जनपक्षीय काम गर्दै आएको स्थानीयवासी बताउँछन् । त्यस्तै कुशे गाउँपालिका–८ को बिजुलीडाँडा र वडा नं ९ को पैंक जोड्ने स्थानीय खोलामा पुलसमेत प्रहरीकै सक्रियतामा निर्माण गरिएको छ । खोला तर्नका लागि स्थानीयवासीलाई समस्या भएपछि प्रहरीकै सक्रियतामा पुल निर्माण गरिएको थियो ।
सवारीसाधन जथाभावी चलाएर दुर्घटना पर्न सक्ने भन्दै जिल्लाभित्र चल्ने सवारी साधनमा टाइम कार्डसमेत लागू गरिएको प्रहरीले जनाएको छ । जनतासँग जोडिएर प्रहरीले सामाजिक सेवा मात्र होइन, विकृतिविरुद्ध अभियानसमेत चलाउने काम गरिरहेको नागरिक समाजका अगुवा हरिबहादुर सिंहले बताए ।रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







