पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान अन्तर्गतको प.क्षे.अस्पतालमा बिहिवार ५० बर्षिया महिलाको किड्नी ट्रान्सप्लान्ट(मिर्गौला प्रत्यारोपण) पहिलोपल्ट सफलतापूर्बक सम्पन्न भएको छ । ति महिलालाई उहांकै ५१ बर्षिय श्रीमानले किड्नी प्रदान गरेको अस्पतालका निर्देशक प्रा.डा.भरतबहादुर खत्रीले जानकारी दिएका छन्।

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरबाट आएका डा.पुकारचन्द्र श्रेष्ठको टिम र पोखराका डा.प्रकाश क्षेत्री, डा.अनुप चापागाई,डा.माया लामा, डा.जुजु श्रेष्ठ, डा.अमृत के.सी. लगायतका मेडिकल टिमले प्रत्यारोपण गरेको हो । अब नियमित प्रत्यारोपण गर्ने अस्पतालका निर्देशक प्रा.डा.खत्रीले बताएका छन् ।

फोटो सौौजन्य : प.क्षे.अ. फेसबुक पेज
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







