जिसस कास्की प्रमुख पौडेलले गराए मुख्यमन्त्रीको ध्यानाकर्षण


     एभरेस्ट आवाज    
     असार १० गते २०७९ मा प्रकाशित




कास्की जिल्लाका समन्वय प्रमुख लिलाधर पौडेलले गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोख्रेललाई समन्वय समितिको भूमिकालाई प्रभावकारी बनाउन ध्यानाकर्षण गरेका छन्।

प्रमुख पौडेलले बिहीबार मुख्यमन्त्री कार्यकक्षमा पोखरेलसँगको भेटघाटमा ध्यानाकर्षण गराएका हुन्।

प्रमुख पौडेल मुख्यमन्त्रीलाई भेट्न मुख्यमन्त्री कार्यालय पुगेका थिए। भेटघाटमा समन्वय समितिको कार्यलाई प्रभाबकारी बनाउनेतर्फ छलफल भएको थियो।

‘जिल्ला समन्वय समितिको भूमिकालाई प्रभाबकारी बनाउन संविधान बमोजिम जिल्ला सभाको काम कर्तब्य र अधिकार कार्यान्वयन गर्न आबश्यक कानून प्रदेश सरकारले निर्माण गर्नुपर्नेतर्फ ध्यानाकर्षण गराएँ,’ मुख्यमन्त्रीसँगको भेटघाटनमा प्रमुख पौडेलले ध्यानाकर्षण गराएका थिए।

पौडेलले संविधानको धारा २२०(७)(घ) बमोजिम गाउँपालिका र नगरपालिकाबीच समन्बय ,सहकार्य र सहजीकरण गर्न आबश्यक ऐन , बिकास तथा निर्माण सम्बन्धी कार्यमा सन्तुलन कायम गर्न सो को अनुगमन गर्ने सम्बन्धी ऐन, गैरसरकारी संस्थाहरुबाट संचालित बिकास निर्माण र अन्य कार्यक्रमको सम्बन्धमा अनुगमन गर्ने सम्बन्धी ऐन, नदिजन्य तथा खानिजन्य पदार्थको उत्खनन, बिक्री तथा ब्यबस्थापन सम्बन्धी ऐन तत्काल निर्माण गर्नुपर्ने भन्दै सो को आबश्यक ब्यबस्था गरिदिन प्रदेश सरकारलाई आग्रह गरे।

पौडेलले समन्वय प्रभाबकारी बनाउन गण्डकी प्रदेशमा कानून अभाब हुँदा काम गर्न कठिनाई भएको भन्दै जिल्ला समन्वय समितिहरुलाई प्रदेश सरकारको तर्फबाट आबश्यक बजेट ब्यबस्थापन गरिदिन आग्रह समेत गरे।

ध्यानाकर्षण पत्र बुझ्दै मुख्य मन्त्री पोख्रेलले बिकास प्रभाबकारी बनाउन सबल समन्वय आबश्यक पर्ने र सो को लागि अध्ययनपछि आबश्यक कानून निर्माणमा पहल गर्ने बताए।

सो अबसरमा जिल्ला समन्वय अधिकारी नबराज बरालले मुख्यमन्त्री समक्ष कानून अभाबमा काम गर्नु परेको अबस्थाका कठिनाई अबगत गराउँदै आबश्यक ऐन कानून निर्माणमा ढिलाई गर्न नहुने उल्लेख गरे।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।