मनाङ । हिमाली जिल्ला मनाङका किसानले करु खेती भित्र्याउन थालेका छन् । तल्लो मनाङको नासो गाउँपालिका र चामे गाउँपालिकाका किसानले गहुँ र करुलगायतका बाली भित्र्याउन थालेका हुन् ।जिल्लाको तल्लो मनाङका भेगमा चैतमा लगाइएको बाली वर्षायामसँगै गहुँ, करु काटेर अहिले भित्र्याउन लागेको नासो गाउँपालिका–८ ताचेका कृषक हुमजङ्ग गुरुङले बताए ।जिल्लामा अन्य समयमा हिउँले सेताम्य हुने यहाँ अहिले करु र गहुँ पाकेर पहेंलपुर अवस्थामा रहेको छ ।
बिहानदेखि बेलुकीसम्म यहाँका सबै स्थानीयवासी खेतबारीमै व्यस्त हुने गरेका छन् । चामे गाउँपालिकाको थानचोक, तिमाङ र चामे, नासो गाउँपालिकाकाको ताचै, तिल्चे र नाचेका किसानले सो खेती भित्र्याउन थालेका हुन् ।करु भित्र्याउनका लागि गाउँभरिमा किसान परम्परागत शैलीमा अर्मपर्म गर्दै समूह बनाएर काम गरिहेका छन् ।
हिमालमा धेरै पानी पर्दैन । तर पछिल्लो समय हिमाली जिल्ला अत्यधिकरुपमा पानी पर्दा बाढी र पहिरो जाने गरेको छ । गत वर्षको असार महिनामा मनाङमा अविरल वर्षापछि आएको बाढी, पहिराले भौतिकरुपमा ठूलो क्षति पु¥याएको थियो । वर्षापछि आएको पहिराले अवरुद्ध भएको राष्ट्रिय प्रसारणको लाइन अहिलेसम्म पनि जिल्लामा उचितरुपमा मर्मत नहुँदा किसान मारमा परेका छन् ।
किसानले आफूहरुसँग भएका कृषि औजार पनि बाली भित्र्याउने बेलामा विद्युत्का कारण प्रयोगमा ल्याउन नसकेको बताएका छन् । यहाँ तल्लो मनाङ अन्न भन्डारका रुपमा चिनिन्छ । तल्लो मनाङमा अहिले खेती थन्क्याउने समय भएको छ भने माथिल्लो मनाङमा खेती लगाउने समय भएको छ ।रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







