पोखरा । पोखरा स्पोर्टस अवार्ड–२०७८ को नोमिनेसन सार्वजनिक गरिएको छ । नेपाल खेलकुद पत्रकार गण्डकी प्रदेशले यहि असार १८ गते पोखरामा आयोजना गर्ने पोखरा स्पोर्टस अवार्ड–२०७८ को चार विधाका नोमिनेसन सार्वजनिक गरिएको हो ।
मञ्चले शनिबार पोखरामा पत्रकार सम्मेलन गरी वर्ष सर्वोत्कृष्ट खेलाडी पुरुष र महिला, वर्ष उदीयमान खेलाडी र वर्ष उत्कृष्ट प्रशिक्षक विधाका नोमिनेसनमा पर्न सफल ३÷३ जनाको नाम सार्वजनिक गरेको हो ।
पोखरा स्पोर्टस अवार्ड–२०७८ अन्तर्गत वर्ष सर्वोत्कृष्ट पुरुष विधामा विधान अधिकारी (व्याडमिन्टन), बुद्ध लामा (कराँते) र प्रदीप खड्का (टेनिस) नोमिनेसनमा परेका छन् । वर्ष सर्वोत्कृष्ट महिला विधामा अरुणा शाही (भलिबल), मनिसा उपाध्याय (क्रिकेट) र सरगम कुमाल (कराँते) नोमिनेसनमा परेका छन् ।
त्यस्तै, वर्ष उदीयमान खेलाडीमा दर्शिल श्रेष्ठ (टेनिस), श्रृष्टि जैसी (क्रिकेट) र शाहील लिम्वु (बक्सिङ) तथा वर्ष उत्कृष्ट प्रशिक्षकमा रिजन प्रजू (क्रिकेट), रेकमाया गुरुङ (तेक्वान्दो) र निरज थापा (टेनिस) नोमिनेसनमा परेको मञ्चका अध्यक्ष दीनानाथ बरालले जानकारी दिए ।
मञ्चले वार्षिक रुपमा आयोजना गर्ने पोखरा स्पोर्टस अवार्डमा ७ विधामा अवार्ड वितरण गर्दै आएको छ । बाँकी ३ विधा मध्ये लाईफटाईम अचिभमेन्ट अवार्ड र वर्ष उत्कृष्ट खेल संघको छनौट केहि दिनपछि गरेर सार्वजनिक गरिने मञ्चका महासचिव राजाराम पौडेलले जानकारी दिए । उनका अनुसार वर्ष उत्कृष्ट खेल पत्रकार अवार्ड भने मूल समारोहमै घोषणा गरिनेछ ।
मञ्चले यहि असार १८ गते पोखरा सभागृहमा पोखरा स्पोर्टस अवार्ड–२०७८ आयोजना गर्दैछ । जहाँ सर्वोत्कृष्ट पुरुष र महिला, वर्ष उदीयमान खेलाडी, वर्ष उत्कृष्ट प्रशिक्षक, लाईफटाईम अचिभमेन्ट अवार्ड र वर्ष उत्कृष्ट खेल पत्रकार विधामा अवार्ड वितरण गरिनेछ । मञ्चले सर्वोत्कृष्ट महिला र पुरुष विधामा अवार्ड प्राप्त गर्नेलाई अवार्डसँगै एक/एक थान ईलेक्ट्रिक स्कुटर प्रदान गर्ने जनाएको छ । त्यसबाहेक अन्य सबै विधामा अवार्ड प्राप्त गर्नेलाई अवार्डसँगै जनही ३५/३५ हजार प्रदान गर्ने मञ्चका उपाध्यक्ष सुरज श्रेष्ठले जानकारी दिए ।
मञ्चले अवार्डको तयारी तिव्र रुपमा भइरहेको जनाएको छ । अवार्डलाई भव्य र सभ्य रुपमा सम्पन्न गर्न मञ्चले अध्यक्ष दीनानाथ बरालको संयोजकत्वमा मूल समारोह समिति बनाएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







