पोखरा महानगरपालिका–४, बुढानिलकण्ठ मन्दिर नजिकैको सडकमा आइतबार विहान ठूलो भ्वाङ परेको छ।
लगातारको वर्षासँगै जमिन गलेर भासिएकाले भ्वाङ परेको स्थानीयको भनाई छ।
पोखरा–बागलुङ राजमार्गको फिर्केखोला पुलसँगैबाट बुढनिलकण्ठ मन्दिर हुँदै गणेशटोल सिद्धार्थचोक र गैरापाटन निस्कने सडकमा भ्वाङ परेको हो। सडकमा भ्वाङ परेकाले आसपासको क्षेत्र जोखिममा परेको छ। सवारी तथा पैदलयात्रु आवागमन अवरुद्ध बनेको छ।
बुढानिलकण्ठ मन्दिर, बुढानिलकण्ठ क्रियाकर्म आवासीय भवन र पुन काष्ठ फर्निचर शोरुम बढि जोखिममा परेको छ।
फर्निचर शोरुमको डीपीसी ढलानमुनी ठूलो भ्वाङ परेकाले शोरुम बढि जोखिममा छ।
बगलुङ बसपार्क प्रहरी चौकीका अनुसार राती १ बजेतिर भ्वाङ परेको जनाएको छ। प्रहरी चौकीबाट गस्तीमा खटिएको प्रहरी टोलीले राती नै भ्वाङ परेको भेटेको जनाएको छ।
बागलुङ बसपार्क प्रहरी चौकीका ईञ्चार्ज वरिष्ठ प्रहरी नायव निरीक्षक भट्टेराम गुरुङले राती नै भ्वाङ परेको भेटेको जनाए।
‘हाम्रो प्रहरी टोलीले रातीको गस्ती गर्ने क्रममा भ्वाङ परेको थियो। राती सानो भ्वाङ परेको थियो। विहान ठूलो भ्वाङ परेको देखियो, प्रहरीको वरिष्ठ सई गुरुङले भने।’
अहिले, पोखरा महानगरपालिका वडा नं ४ का वडाध्यक्ष देवकृष्ण पराजुलीको उपस्थितिमा महानगरपालिका कर्मचारीले भ्वाङ परेको क्षेत्रलाई तार र डोरीले बेरेर राखेको छ। तत्काल भ्वाङ पुरेर जोखिम न्युनिकरण कम गर्ने प्रयासमा रहेको वडाध्यक्ष पराजुलीले बताए।
हाल, डोजरले भ्वाङ पुर्ने काम भइरहेको वडाध्यक्ष पराजुलीको भनाई छ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







