अखिल क्रान्तिकारीका ८ जनामाथि कारबाही

- कारबाहीमा पर्नेमा नेता पवन कार्कीसहित वसन्ता भण्डारी, बालकुमार केसी, उपदेश यादव, रविन बस्नेत, पदम नेपाली, समीर बुढाथोकी र संजिव चौधरी छन्


     एभरेस्ट आवाज    
     असार १३ गते २०७९ मा प्रकाशित




नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीका ८ जनामाथि अनिश्चितकालका लागि कारबाही चलाएको छ।

क्रान्तिकारीका नेता पवन कार्कीसहित ८ जनालाई अनिश्चितकालका लागि निलम्बन गरिएको हो। अखिल क्रान्तिकारीको तेस्रो पूर्ण बैठकको निर्णय आइतबार सार्वजनिक गर्दै अनिश्चितकालका लागि निलम्बन गरिएको विज्ञप्तिमा उल्लेख छ।

निलम्बन पर्नेमा कार्की सहित वसन्ता भण्डारी, बालकुमार केसी, उपदेश यादव, रविन बस्नेत, पदम नेपाली, समीर बुढाथोकी र संजिव चौधरी छन्। गत जेठ ५ गते संगठनको केन्द्रीय समिति बैठकमा होहल्ला गर्दै तोडफोड गरेर घाइते बनाएकाले कार्कीसहित ८ जनालाई निलम्बन गरिएको हो।

यस्तै, संगठन सुदृढीकरण र परिचालन गर्न ३ महिने अभियान चलाइने भएको छ। संगठनका १९ जना उपाध्यक्ष रहनेगरी ३ महिने अभियानमा खटाइने भएको छ। यस्तै, प्रदेश र संघको निर्वाचन अघि नै स्ववियु निर्वाचन गराउनुपर्ने माग गरिएको छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।