डोटी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले पछिल्लो समय डोटीमा सडक विकास तथा विस्तारले गतिलिन थालेको बताएका छन ।सिलगढी बग्लेक, झिग्राना सडक कालोपत्रको काम सम्पन्न भएपछि निरीक्षण तथा अनुगमनका लागि यहाँ आइपुग्नुभएका मुख्यमन्त्री भट्टले डोटीमा सडक विस्तारदेखि अन्य विकासले तीव्रता पाएको बताए ।प्रदेश सरकारको रु ३८ करोड लागतमा १५।६ किमी उक्त सडक निर्माण कालोपत्र सम्पन्न भएको छ ।
उक्त सडकको दुई प्याकेजमा ठेक्का सम्झौता भएको भौतिक पूर्वाधार विकास कार्यालय डडेल्धुराका इञ्जिनीयर हेमराज भट्टले जानकारी दिए । यहाँको प्रमुख पर्यटकीयस्थल खप्तड जोड्ने उक्त सडक कालोपत्र भएसँगै आर्थिक समृद्धिको बाटो खुलेको र यसले यहाँका पहाडी जिल्लाकै अर्थतन्त्रमा सहयोग पुग्ने अपेक्षा लिइएको छ ।
उक्त सडक कालोपत्र निर्माण कार्यको जिम्मा सिएबी कन्स्ट्रक्सनले लिएको थियो । उक्त सडक कालोपत्र सम्पन्न भएसँगै यहाँको पूर्वीचौकी गाउँपालिकाका बग्लेक, झिग्राना, भार्तोली, वाडी, कुडासैन र सायल गाउँपालिकाका भल्मा, सपरा, बेटाराका नागरिकलाई सदरमुकाम सिलगढी आवतजावतमा सहज हुनाका साथै उनीहरुले उत्पादन गरेका चिज वस्तुले बजार पाउने भएको स्थानीयवासी धनबहादुर विष्टले बताए ।
यसैगरी उक्त सडक निर्माणसँगै कालोपत्र सम्पन्न भएकाले अब खप्तड क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटनको सङ्ख्यामा थप वृद्धि हुनुका साथै यस क्षेत्रका स्थानीयको दैनिकीमा परिवर्तन आउने खप्तड होमस्टेका सञ्चालक दीपकबहादुर खड्काले जानकारी दिए ।रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







