नेपाल वायुसेवा निगमले लिएका परीक्षा रद्द गरेको छ।
निगमको मानव संसाधन विभागले सार्वजनिक सूचना जारी गर्दै परीक्षा रद्द गरेको जनाएको हो।
सर्वोच्च अदालतको फैसला तथा लोक सेवा आयोगको मिति २०७९/०२/२६ गतेको निर्णय बमोजिम निगमको पदपूर्ति समितिको बैठकले आ.व. २०७५/७६ का लागि आह्वान गरिएका विज्ञापन नं. १०–१२/२०७५/७६ का विज्ञापनहरूको लोक सेवा आयोगद्वारा परीक्षा संचालन भई नतिजा प्रकाशन हुन बाँकी लिखित परीक्षाहरू रद्द गरिएको निगमले जनाएको छ।
आर्थिक वर्ष ०७६/७७ का लागि मिति २०७६/११/०२ मा निगमले प्रकाशित गरेका विज्ञापनहरूमध्ये खुलातर्फ विज्ञापन नं. ०१–१८/०७६/७७ तथा आन्तरिकतर्फका विज्ञापन नं. २०१–२२५/०७६/७७ का विज्ञापनसमेत रद्द गर्ने निर्णय भएको निगमको सूचनामा उल्लेख छ।

सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । गण्डकी प्रदेशमा नसर्ने रोगका बिरामीको संख्या बढ्दै गएको तथ्याङ्क सार्वजनिक…






