मकवानपुर । तत्कालीन नेकपा एमालेका महासचिव मदनभण्डारीको ७१औँ जन्मजयन्तीको उपलक्ष्यमा हेटौँडा उपमहानगरपालिका – ११ मा स्थापना गरिएको शालिकमा आज पुष्पगुच्छा चढाई श्रद्धाञ्जलि अर्पण गरियो ।
कार्यक्रममा बागमती प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणि पौडेल, बागमती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठ, नेकपा एमाले संसदीय दलका बागमती प्रदेशका नेता अष्टलक्ष्मी शाक्यलगायत प्रदेशसभाका सदस्यले पुष्प गुच्छा चढाई श्रद्धाञ्जली अर्पण गरेका थिए ।
सोही अवसरमा मदनभण्डारी फाउण्डेशन मकवानपुरद्वारा रक्तदान कार्यक्रमको आयोजना गरिएको छ । हेटौँडाको विभिन्न स्थानमा भएको उक्त कार्यक्रममा ४५ जनाले रक्तदान गर्नुभएको हेटौँडा रक्तदान केन्द्रले जनाएको छ ।रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पाेखरा, १२ साउन । नेपाल रेडक्रस सोसाइटी कास्कीले ६१ औँ रक्तसञ्चार सेवा…





