डोटी । वर्षात सुरु भएका कारण जिल्लाका नौवटै स्थानीय तहमा सडक पु¥याउने नाममा जथाभावी खनिएका सडकमा अहिले पहिराको जोखिम बढ्न थालेको छ ।केही दिनदेखि भइरहेको वर्षात्ले यहाँका गाउँघरका अधिकांश सडक बन्द हुन थालेका छन् । डोजर अपरेटरका भरमा जथाभावी सडकको ट्र्याक खन्दा पहिरोको जोखिम बढेको स्थानीयवासीको भनाइ छ ।
निर्वाचनका समयमा गाउँ घरमा सडक पु¥याउने नेताले गरेका वाचा अनुसार खनिएका सडकले जिल्लामा समस्या निम्त्याएको उनीहरुको आरोप छ । गाउँ गाउँमा सडक पु¥याउने होडबाजीले सम्भाव्यता अध्ययन तथा सर्वेक्षण बिनानै खनिएका यस्ता सडकले बस्तीनै पहिराको जोखिममा परेको दिपायल सिलगढी नगरपालिका–४ का सर्वजित देउवाले बताए ।
यहाँका ग्रामीण सडक वर्षासँगै जोखिमाा पर्नुका साथै आसपासका बस्तीसमेत सङ्कटमा परेको शिखर नगरपालिका–१ पल्लेकीका नेत्रबहादुर शाहीले बताए । जिल्लामा अहिले परिरहेको अविरल वर्षाका कारण यहाँका जोरायल–गड्सेरा, निरौँली, खसरे, नापानी, मौवा–मेल्लेक, खप्तड, अनागाड, बोगटान, मुडभारा–धुर्कोट,राजपुर–बागनेटी, शान्तिनगर–नारीदाङ सडकमा समस्या देखिदैँ आएको छ ।
सडक निर्माणमा चलेको होडबाजीले हिउँदको समयमा यहाँका गाउँ–गाउँमा गाडी सुविधा पुगे पनि थुप्रै ठाउँमा अहिले पहिरो आउँदा सडकमा समस्या देखिने गरेको हो । जथाभावी खनिएका ती सडकमा पछिल्लो समय पहिराको जोखिम बढेको केआइसिंह गाउँपालिका–५ तलिगाउँका स्थानीयवासी तथा शिक्षक चेतराज भट्टले बताए ।
यहाँका सडकहरु बस्तीमाथि तथा गाउँ तलबाट खनिएकाले बस्ती नै पहिराकोे उच्च जोखिम पर्न थालेको जोरायल गाउँपालिका–५ का स्थानीय चक्रबहादुर विष्टले जानकारी दिए । प्राविधिक र वातावरणीय प्रभाव मूल्याङ्कन नगरिकनै खनिएका सडकले यहाँका गाउँमा विकाससँगै विनाश निम्त्याएको उनले आरोप लगाए ।रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







