बरिष्ठ लोक गायक क्षेत्र बहादुर गुरुङलाई मातृशोक, बुधवार दाह संस्कार गरिने


     एभरेस्ट आवाज    
     असार १४ गते २०७९ मा प्रकाशित




पोखरा । बरिष्ठ लोक गायक क्षेत्र बहादुर गुरुङको ममतामयी आमा हिमती गुरुङको सोमवार निधन भएको छ । ९६ बर्षिया गुरुङको फिस्टेल हस्पिटलमा उपचारकै क्रममा निधन भएको हो । स्वर्गिय हिमती लामो समयदेखि श्वास प्रश्वास सम्बन्धि रोगको बिरामी थिइन् ।
बरिष्ठ लोक गायक क्षेत्रबहादुर गुरुङका निकट मित्र खेमबहादुर गुरुङका अनुसार स्वर्गिय हिमतीको अन्तिम संस्कार भोली बुधबार पूर्वान्ह ९ बजे तमु प्ले ह्लु संघमा हुने तय गरिएको छ । स्वर्गिय गुरुङकी १ छोरा र १ छोरी छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।