दक्षिण पश्चिमी कोलम्बियाको एउटा कारगारमा दंगा सुरु भएपछि आगलागी हुँदा ४९ जना कैदी मारिएका छन्।
अरु ३० जना घाइते भएका कारगारका अधिकारीहरूले बताएका छन्।
भाल्ले डल काउकाको टुलुवास्थित राष्ट्रिय कारगार निकायले मंगलबार बिहान सवेरै कैदीहरूले नै आगजनी गरेको जानकारी दिएको छ। त्यहाँ, तैनाथ गार्डहरूले दंगामा हस्तक्षेप गर्न नसकुन् भन्ने हेतुले कैदीहरूले म्याट्रेसहरू बालेको बताइएको छ।
सरकारी अधिकारीहरूले आगो नियन्त्रणमा लिइसकेको र यस घटनाको मौका छोपेर कोही पनि कैदी भाग्न नसकेको बताएका छन्।
स्थानीय समयअनुसार बिहान करिब १ बजे कारागारको एक खण्डमा आगलागी सुरु भएको थियो। सो स्थानमा समान्यतया १ सय ८० जना कैदी थुन्ने गरिएको छ। सो सहरका स्थानीय बासिन्दाले कारागारभित्र धुँवा र आगोका लप्का देखेको र हेर्दाहेर्दै अनियन्त्रित हुन पुगेको आगोले सो खण्ड जलेको बताएका छन्।
एम्बुलेन्स र अग्नि नियन्त्रण टोली तत्काल घटनास्थल पुगेका थिए। गार्डहरूले कारगारमा जडित अग्निनियन्त्रण उपकरण प्रयोग गरेर केही कैदीको उद्धार गरेका थिए।
सरकारको कारगार निकाय प्रमुख जनरल टिटो क्यास्टेल्लानोसले भयानक परिणमलाई ख्यालै नगरी कैदीहरूले म्याट्रेस बालेको बताएका छन्। राष्ट्रपति इभान डुक्युले यस घटनाप्रति गहिरो दुख प्रकट गरेका छन्।
बीबीसी
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । यमपञ्चक अर्थात् तिहारको पाँचौँ तथा अन्तिम दिन बुधबार दिदीबहिनीले दाजुभाइलाई…







