गण्डकी प्रदेशमा आज (बिहीबार) पनि भारी वर्षाको संभावना रहेको छ।
गण्डकी प्रदेशका १/२ स्थानहरुमा भारी वर्षाको संभावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार आज गण्डकी प्रदेशसहित प्रदेश १ बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका १÷२ स्थानहरुमा भारी वर्षाको समेत संभावना रहेको छ।
यि प्रदेशका पहाडी भू–भागमा भू–क्षय, पहिरो तथा गेग्रान बहाव बढ्न सक्न भन्दै सतर्कता अपनाउन महाशाखाद्धारा आग्रह गरिएको छ।
देशभर आज सामान्यदेखि पूर्ण बदली रहनेछ। देशका धेरै स्थानहरुमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको संभावना छ।
आज गण्डकी प्रदेश लगायत तराईको सबै भूभागमा भारी वर्षा हुने र खोलाहरूमा अझ बाढि आउने जनाइएको छ। खोलाको जलस्तर बढेर अझ डुबान र बाढीले समस्या दिने संभावना छ।
प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेकोले पहाडी भू–भागमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने जनाइएको छ।
भारी वर्षाका कारण दैनिक जन जीवन, यातायात क्षेत्र समेत प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउनु हुन आग्रह गरिएको छ।
देशभर आगामी ३ दिन भारी वर्षा हुने जनाइएको छ। उच्च शतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाको आग्रह छ। प्रभावित क्षेत्रका २० लाख मानिसलाई एसएमएसमार्फत जानकारी दिइयो ।
जल तथा मौसम विज्ञान विभागले आगामी ३ दिन देशभर भारी वर्षा हुने भन्दै उच्च सावधानी अपनाउन आग्रह गरिएको छ।
बुधबार गृह मन्त्रालयमा बसेको मनसुन पूर्वतयारी तथा प्रतिकार्य बैठकमा बोल्दै विभागका महानिर्देशक कमलराज जोशीले आगामी ३ दिन देशभर भारी वर्षा हुने भएकाले उच्च शतर्कता अपनाउन आम नागरिकलाई आग्रह गरेका हुन्।
जोशीले आगामी ३ दिन तराईका सबै जिल्लाहरूमा र गण्डकी प्रदेशमासमेत भारी वर्षा हुने र खोलामा जलस्तर बढेर बाढीको समस्या निम्तिनसक्ने बताए।
मनसुन सुरु भएदेखि नै आफूहरूले प्रभावित हुने क्षेत्रहरूमा बसोबास गर्ने २० लाख नागरिकलाई एसएमएसमार्फत जानकारी गराइसकिएको बताए। जोशीले मौसम पूर्वानुमान महाशाखाले विशेष बुलेटिन निकालेको अवस्थामा सतर्क रहन समेत आग्रह गरे।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, असार १० पोखरामा असार १४ गते रोपाईं महोत्सव हुने भएको…






