उत्तरी भारतीय राज्य राजस्थानमा एकजना हिन्दू पुरुषको हत्यापछि सो क्षेत्रमै धार्मिक तनाव सुरु भएको छ।
२ जना मुस्लिम पुरुषले उदयपुर जिल्लाका सूचीकार कन्हैया लालको मंगलबार हत्या गरेका हुन्। उनीहरूले कन्हैयालालको हत्या गर्दै गरेको भिडियो खिचेर अनलाइनमा पोस्ट गरेका छन्।
१ जना राजनीतिज्ञले पैगम्बर मोहम्मदको बारेमा गरेको विवादास्पद टिप्पणीको समर्थन गरेको आरोपमा उनको हत्या गर्नुपरेको ती मुस्लिमद्वयले दाबी गरेका छन्। सरकारले स्थिति नियन्त्रण गर्ने उद्देश्यले इन्टरनेट सेवा बन्द गरेको छ। मानिसलाई भेला हुन मनाही गरेको छ। भिडियोमा आफ्नो परिचय दिने दुवै हत्यारालाई प्रहरीले पक्राउ गरेको छ।
अर्को भिडियोमा उनीहरूले हातमा धरिलो हतियार नचाउँदै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई चेतावनी दिइरहेको पनि देखिन्छ। राजस्थानका १ जना वरिष्ठ प्रहरी अधिकारीले सञ्चार माध्यमलाई निकै भयावह दृश्य समेटिएको हत्याको भिडियो प्रसारण नगर्न आह्वान गरेका छन्।
राजस्थानका मुख्यमन्त्री अशोक गेहलोटले जनतालाई शान्त रहन अपिल गरेका छन्। संघीय सरकारले राष्ट्रिय अनुसन्धान निकाय–भारतको आतंकवादविरुद्धको उच्च निकायलाई घटनाको अनुसन्धान गर्न आग्रह गरेको छ।
ग्राहकको बहानामा कन्हैयालालको पसलमा छिरेका ती २ ले आफ्नो लुगाको नाप लिँदै गरेका लालमाथि अचानक हमला गरेका थिए। लालले सामाजिक सञ्जालमा भारतीय जनता पार्टी (भाजपा)का पूर्व प्रवक्ता नुपुर शर्माले गत महिना पैगम्बर मोहम्मदको बारेमा दिएको विवादास्पद टिप्पणीलाई समर्थन गरेको सामग्री पोस्ट गरेका थिए।
शर्माको आपत्तिजनक टिप्पणीका कारण थुप्रै मुस्लिम मुलुक भारतसँग चिढिएका थिए। भारतमै पनि सो टिप्पणीविरुद्ध हिंसात्मक प्रदर्शन भएका थिए। हत्या हुनु ३ दिनअघि मात्र प्रहरीले कन्हैयालाललाई धार्मिक आस्थामा आँच पु¥याएको आरोपमा पक्राउ गरेको दि इन्डियन एक्सप्रेसले जनाएको छ। रिहा हुने क्रममा आफ्नो ज्यानलाई खतरा रहेको भन्दै लालले प्रहरीसँग सुरक्षाका लागि माग गरेका थिए।
बीबीसी
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । गण्डकी प्रदेशमा नसर्ने रोगका बिरामीको संख्या बढ्दै गएको तथ्याङ्क सार्वजनिक…






