भारत महाराष्ट्रका मुख्यमन्त्री उद्धव ठाकरेद्वारा राजीनामा


     एभरेस्ट आवाज    
     असार १६ गते २०७९ मा प्रकाशित




भारतको महाराष्ट्र प्रदेशका मुख्यमन्त्री उद्धव ठाकरेले पदबाट राजीनामा दिएका छन्।

बहुमत परीक्षणका लागि सर्वोच्च अदालतले आदेश दिएपछि उनले राजीनामा दिएका हुन्।

‘म शिवसैनिकहरुको रगत बगोस् भन्ने चाहन्न। त्यसैले महाराष्ट्रको मुख्यमन्त्री पद त्याग्दै छु। यसमा मलाई कुनै दुःख लागेको छैन,’ शिवसेना प्रमुखसमेत रहेका उनले भनेका छन्।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।