नेपाली काँगे्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले पोखरा–२५ हेमजामा गएको पहिरोको अवलोकन गरेका छन्।
उनले बाढी पहिरोको कारणबाट अति समस्यामा परेका ४ परिवारलाई तत्काल राहत व्यवस्थापन गर्नको लागि स्थानीय सरकार र प्रदेश सरकारलाई आग्रह समेत गरेका छन्। जिल्ला प्रशासन कार्यालयलाई पीडित परिवारको दुःखमा मलम लगाउनको लागि आवश्यक सहयोग गर्न उनको अनुरोध छ।
असार १० गते शुक्रबार वेलुका करिब ९ बजेको समयमा भीषण पानी र सुइखेतबाट आएको पहिरोमा परि ४ परिवारको घरवासविहीन भएको र करिब १ सय ५० भन्दा बढी घरधुरी डुवानमा परेका थिए। उक्त समस्यामा परेका घरपरिवारको लागि आवश्यक सहयोगको लागि आफूले सक्दो सहयोग गर्ने शर्माले बताउँदै आएका थिए।
‘नेपाली काँग्रेस गण्डकी प्रदेशले समस्यालाई नजिकबाट नियालेको छ, यसको तत्काल समस्या र दीर्घकालिन समस्या समाधानको लागि गुरुयोजना बनाएर अगाडी बढ्नुपर्छ, स्थानीय सरकारले तुरुन्त कार्यक्रम बनाएर प्रदेश कार्यालय सम्पर्क गर्नुहोस्, हामी पूर्ण रुपमा सहयोग गछौं,’ उनले भने, ‘समस्या जटिल छ, मानवीय घटना नभएर मात्रै हो, प्रकृतिको ताण्डव नृत्य जस्तै पहिरो ठूलो र भयंकर छ, यसको समाधान दीर्घकालीन बनाउनुपर्छ।’
स्थानीय भन्दा पनि बाहिर जिल्लाबाट भर्खरै बसाइँ सरेका घरहरुमा बढी क्षति भएको देखिएको र उनीहरुका गुनासा भन्ने ठाउ नभएको बुझिएको छ, बर्खाको समयमा अत्याधिक पानी पर्दा कुलो भत्किनु र मध्य पहाडी लोकमार्ग (हाइवे) पानी निकासको लागि बाटो नहुनु, अव्यवस्थित बस्ती विकास तथा जबरजस्ती डोजर प्रयोग गरी बनाइएका प्लटिङको कारण अधिकांश बस्तीहरु डुवानमा परेको जानकारी गराए।
‘दीर्घकालिन समस्या समाधानको लागि उक्त ठाउँको हाइड्रोलोजीको उचित अध्ययन गर्दै सो को आधारमा आवश्यक पर्ने नालाको प्रबन्ध गर्नुपर्ने, चौरासी नहरालाई पुन निर्माण गरी व्यवस्थित नहर बनाउनुपर्ने, करिब ६ मिटर चौडा बैकल्पिक बाटो बनाउने, पहिरोको जोखिम क्षेत्रमा वायो इन्जिनियर गर्दै आवश्यक मेशिनरी वाल तथा तार जाली लगायतको काम गर्नुपर्ने देखिएको छ,’ प्रदेश सभापति शर्माले बताए।
त्यसैगरी, वडा नं. २५ का अध्यक्ष मोति तिम्सिनाले मनकारी सहयोगीदाताहरुले वडाले बनाएको विपद व्यवस्थापन कोषमा सहयोग गर्न र एकद्वार प्रणाली अवलम्वन गर्न अनुरोध गरे।
‘पहिरोबाट पीडित परिवारलाई तत्काल सामान्य राहतको व्यवस्था गरेपनि भर्खरै बनाउँदै गरेका घर र हालै निर्माण सम्पन्न गरेका घरहरु नै नरहँदा आर्थिक तथा अन्य समस्याले पीडित परिवार झनै पीडित बनाएको छ,’ उनले बताए।
‘राहत वितरण गर्दा एकद्वार प्रणालीबाट गर्न लागिएको छ, कसैले नपाउने र कसैले दोहोरिएर पाउने समस्या हुन सक्छ, वडामार्फत मापदण्ड बनाइएकोले सहयोगीहरुसँग समन्वय गरिन्छ, उनले भने।’
साथै, समस्या समाधानको लागि वडाले दिन रात नभनी काम गरेको बताउँदै चाडो भन्दा चाडो समाधानको लागि परेको जानकारी गराए।
‘केही प्राविधिक समस्या छन्, तिनीहरुलाई समाधान गरेर लैजान केही समय लाग्न सक्छ, त्यो समाधान दीर्घकालीन हुनेछ,’ उनले भने।
उक्त स्थलगत अनुगमन, अध्ययन तथा निरीक्षणको लागि नेपाली काँग्रेस गण्डकी प्रदेशका प्रवक्ता माधवप्रसाद बास्तोला (मघु), संचार विभाग सचिव राजबहादुर गुरुङ, प्रदेश सदस्य शिरोमणि बराल, प्रदेश प्रतिनिधि किरणराज तिवारी, सामाजिक सञ्जाल तथा सूचना प्रविधि संयोजक ई. पारस रेग्मी, नेपाली काँग्रेस वडा नं. २५ का पार्टी सभापति मधुसुदन त्रिपाठी र टे«ड युनियन काँग्रेस कास्कीका उपाध्यक्ष पदम श्रेष्ठ लगायतका ठूलो संख्यामा स्थानीयवासीको उपस्थिति थियो।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







