झापा । राष्ट्रिय समाचार समिति ९रासस०का कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले राससलाई राष्ट्रको आवाज बोक्ने निष्पक्ष, स्वतन्त्र र आधिकारिक समाचार संस्थाको रुपमा थप विकसित गरिने बताएका छन् ।
आज बिहान भद्रपुरस्थित रासस झापा कार्यालयको निरीक्षण गर्दै उनले रासस जनताको करबाट सञ्चालित सरकारी निकाय भएको हुँदा यसको सेवा जनमुखी, पूर्वाग्रहमुक्त र देशको आवाजबाहक बन्नुपर्ने बताए ।
राससको समाचार अझ बढी विश्वसनीय, जनमुखी र खोजमूलक बनाउन आफ्नो भूमिका रहने जनाउँदै उनले राससको ग्राहक र पाठक वृद्धिका लागि कार्ययोजना ल्याइने बताए ।
सो अवसरमा नेपाल पत्रकार महासङ्घका अध्यक्ष बिपुल पोखरेल, प्रेस काउन्सिल नेपालका अनुगमन अधिकृत लोकराज भट्ट, महासङ्घ झापाका पूर्वअध्यक्षद्वय गोविन्द्रचन्द क्षेत्री र मोहन काजी, महासङ्घका केन्द्रीय पार्षद ज्ञानेन्द्र निरौलाले समेत रासस कार्यालयको निरीक्षण गरे ।
रासस झापा कार्यालयकी प्रमुख चन्द्रकला भण्डारीले उक्त अवसरमा राससको स्थानीय अवस्था, अवसर र चुनौतीका विषयमा जानकारी गराएका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा गण्डकी प्रदेशको प्रतिनिधित्व गर्दै पोखरास्थित प्रतिभा माध्यमिक विद्यालयका…







